NEWS
दुलेगौडा आउदै गरेको बस बन्केवामा दुर्घटना, चालक सहित ५ घाइते

शुक्लागण्डकी नगरपालिका ३ बन्केवामा मंगलबार बस दुर्घटना हुदाँ चालक सहित ५ जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिकाको ग्रामिण क्षेत्र हुदै दुलेगौडा चल्ने ग १ ख ६८५३ नम्वरको बस मंगलबार मध्याह्न दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
दुर्घटनामा बसका चालक शुक बहादुर नेपाली सहित वर्ष ३५ की डोलमाया थापा, वर्ष ४० का देव बहादुर थापा, वर्ष ३४ की केसीमाया गुरुङ्ग, र वर्ष २३ का शिशिर राना घाईते भएका छन् । घाईत मध्ये डोलमाया र देवबहादुरलाई थप उपचारको लागी पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
ब्यागनबाट यात्रु लिएर दुलेगौडा तर्फ आउदै गरेको बस अनियन्त्रित भएपछि बन्केवाको धारापानी भन्ने स्थानको सडकबाट करिव २५ फिट तल खसेको थियो ।
Facebook Comments
