माघ १५ भित्र प्रदेश सरकार बन्छ— कोइराला
Tanahun Khabar DailyNEWS
विना बिभागिय मन्त्री तथ माओबादी नेतृ आशा कोइरालाले प्रदेश सरकारको निर्माण पश्चात मात्र विकास निर्माणको कामहरुले प्राथमिकता पाउने बताएकी छन् ।
शुक्लागण्डकी ५ मा रहेको कुमारी प्राथमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले आगामी माघ १५ भित्रमा प्रदेश सरकारको संरचना बनिसक्ने दावि गर्दै त्यस पश्चात आफुनो चुनावी एजेण्डाहरु अनुसार काम अघि बढ्ने बताइन् ।
प्रदेश सभाको निर्वाचनमा विजयी भए पश्चात गृह जिल्लाको उक्त स्थानमा पहिलो पटक पुगेकी कोइरालाले आफ्नो मतदाताहरुलाई आफूले चुनावी समयमा गरेको प्रतिवद्धताहरु पुरा गरे जानकारी दिइन् ।
कोइरलाले सामुदायिक विद्यालयहरुको स्तरबृद्धीमा सरोकारवालाहरुले चासो नदिदाँ तुलनात्मक रुपमा कमजोर रहेको भन्दै विद्यालयको समग्र विकासमा अभिभाबक र शिक्षकहरुले ध्यान पुयाउनु पर्ने बताइन् । उनले आफ्नै वडाको विद्यालय भएकाले पनि अन्य वडाबासी सरह नै विद्यालयको विकासमा जोड दिने विस्वास ब्यक्त गरिन् ।