NEWS
तनहुँ उद्योग वाणिज्य संघका उम्मेदवारहरुको घरदैलो
तनहुँ उद्योग वाणिज्य संघको यही पुस २८ र २९ गते दमौलीमा हुने ३२औं साधारण सभा तथा १५औं अधिवेशनको मिति नजिकिएसंगै संघको नेतृत्व दाबी गर्नेहरु व्यवसायीहरुको घरदैलोमा पुगेका छन् । संघको नेतृत्व दाबी गरी इश्वर विष्ट र मानकाजी श्रेष्ठले आ-आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गरी व्यवसायी मतदाताको घरदैलोमा गई आ-आफ्नो प्यानलका उम्मेदवारहरुलाई मत दिई विजयी गराउन आग्रह गर्दै प्रचार प्रसार अभियानलाई त्रि्रता दिइएका छन्।

संघको नेतृत्व दाबी गर्दै अध्यक्ष पदमा इश्वर बहादुर विष्ट प्यानलबाट प्रथम उपाध्यक्षमा दुलेगौंडाका हार्डवयर व्यसायी विमल प्रसाद रिमाल, द्धितीय उपाध्यक्षमा भिमादका सुनचाँदी व्यवसायी बाबुराम सुनार कोषाध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ र एसोसिएट सदस्यमा हरिबहादुर खड्का र वस्तुगत सदस्यमा दुर्गा बहादुर श्रेष्ठले उम्मेदवार दर्ता गरेका छन् ।
त्यस्तै, संघको अध्यक्ष पद दाबा गरी मानकाजी श्रेष्ठले पनि प्यानल सहित उम्मेदवारी दर्ता गरी व्यवसायीहरुको घरदैलेमा पुग आफ्नो प्यानलका उम्मेदवारलाई विजयी गराउन प्रचार अभियानलाई त्रि्रता दिइएका छन् । श्रेष्ठ प्यानलबाट प्रथम उपाध्यक्षमा बैकुण्ठ मिश्र, द्धितीय उपाध्यक्षमा हरिबहादुर थापा, कोषाध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ र एशोसियट सदस्यमा परशुराम अधिकारीले उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै, संघको कोषाध्यक्ष पदमा महेन्द्र कुमार श्रेष्ठको दुबै प्यानलबाट उम्मेदवारी रहेको छ।
यस्तै संघको द्धितीय उपाध्यक्ष पदको दाबा गर्दै दमौली बजार इकाईका निवर्तमान अध्यक्ष कृष्ण आचार्यले पनि उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् ।
तनहुँ उद्योग वाणिज्य संघ अन्तरगत जिल्लामा १२ बजार इकाई र एक महिला उद्यमी विकास समिति रहेका र संघको नेतृत्व चयनका लागि ३ हजार २३३ जना व्यवसायीहरु मतदान प्रक्रियामा सहभागि हुने भएका छन् ।
स्रोत ः भन्ज्याङ राष्ट्रिय दैनिक
