किन नेपाल आए कमेडियन सुनिल ग्रोवर ?

Tanahun Khabar Daily

NEWS


भारतका चर्चित कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन् । उनले, आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरेको एक तस्बिरले पनि उनी नेपालमा रहेको वुझ्न सकिन्छ । तर, उनले आफू कुन स्थानमा छु भनेर उल्लेख भने गरेका छैनन् । उनले, पशुपतिनाथको दर्शन पश्चात एक बाबासँग खिचेको तस्बिर इन्स्ट्राग्राममा पोष्ट गरेका हुन् ।

सुनिल बिहिबार नेपाल आएका हुन् । आज बेलुकी काठमाण्डौको एक पाँच तारे होटलमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन् ।
‘शिवम् सिमेन्ट कृति अवार्ड’मा सहभागि हुन सुनिल नेपाल आएको वुझिएको छ । चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा ‘गुत्थी, डाक्टर गुलाटी’ पात्रको भूमिका निर्वाहा गरेपछि उनी नेपालमा समेत चर्चित छन् । उनले, आफ्नो टिमसहित कमेडी पस्कनेछन् ।

यो शोको संचालन संचारकर्मी नरेश भट्टराई र मोडल रीमा विश्वकर्माले गर्दैछन् । यो अवार्डमा नायिका स्वस्तिमा खड्काले नृत्य प्रस्तुत गर्नेछिन् भने गायक हेमन्त रानाले आफ्नो गायकी पस्कनेछन् ।