बार्षिकोत्सवमा अनाथ बालबालिकालाई न्यानो कपडा
Tanahun Khabar DailyLOCAL
दुलेगौडा,
मुक्तिनाथ विकास बैंक दुलेगौडा शाखाले आफ्ना १२ औँ बार्षिकोत्सब अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेर मनाएको छ ।
बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गरेर शुक्लागण्डकी नगरपालिका ७ मा रहेको हातेमालो बालगृहका १२ जना अनाथ बालबालिकालाई न्यायो कपडा स्वीटर वितरण गरेर बार्षिकोत्सव मनाएको हो ।
बैंकले अनाथ बालबालिकालाई गरेको सहयोग प्रति प्रशंसा ब्यक्त गर्दै वडा न ७ का वडाध्यक्ष राम बहादुर क्षत्री थापाले बैंकलाई अन्य सामाजिक कार्यमा पनि संलग्न हुन आग्रह गरे । साथै कार्यक्रममा खैरेनीटार बजार इकाईका उपसभापती सुजित हिराचनले वितिय संस्थाहरुले यस्ता कार्यहरुलाई संख्यात्मक रुपमा बृद्धी गर्दै लैजानु पर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति समेत रहेका शाखा प्रमुख नबराज पराजुलिले आफूहरुले जस्तै अन्य बैंकहरुले पनि सामाजिक कार्यमा सहभागिता जनाउनु पर्ने बताए ।
मुतिmनाथ विकास बैंक दुलेगौडाका अनुगमन अधिकृत हिरामणी शिलवालले स्वागत गरेको कार्यक्रम सञ्चालन भने कमैचारी मनोज पौडेलले गरेका थिए । यसैबीच बैंकले ७१ वटै शाखा कार्यलयबाट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।