NEWS
मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धिः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताएका छन् । अाज बिहान ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले भने, “हामीले जनताका बीचमा गरेका स्थिरता, शान्ति, सुशासन र समृद्धिको प्रतिबद्धता मुलुकको मुख्य एजेण्डा हो ।”
“अब देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौँ” भन्दै “हामीले चलाएको दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो, अहिले हामी त्यही संकल्पमा छौँ”, उनकाे भनाइ रहेकाे थियाे । “कतिपयलाई लाग्छ पनि हाेला, युद्धको नेतृत्व गरेकाे मान्छेले शान्तिकाे कुरा गर्छ।
जसले युद्धको नेतृत्व गरेकाे हुन्छ, त्यसलाई नै शान्तिकाे महत्व सबैभन्दा बढी थाहा हुन्छ” उनले भने, “अशाेका पहिले युद्धका कमाण्डर थिए, पछि शान्तिका प्रवर्तक भएर बुद्धकाे सन्देश विश्वभर फैलाए। हाम्राे युद्ध पनि शान्तिका लागि थियाे, सुशासनका लागि थियाे, विकासका लागि थियाे। अहिले हामी त्यही संकल्पमा छौं।”
माओवादी प्रवक्ता पम्फा भुसालले राजनीतिक स्थायित्व र जनअपेक्षालाई सम्बोधन गर्न वाम गठबन्धन सफल रहने र त्यसका लागि नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध भएर लागेको बबताएकी थिइन् ।

