HEALTH

गर्भवतीले छुनै नहुने यी ब्युटी प्रोडक्ट

गर्भवती महिलाले सौन्दर्य प्रसाधन प्रयोग गर्नु हुँदैन। यी ब्युटी प्रोडक्ट गर्भवती महिलाले प्रयोग गर्नु हुँदैन।

एन्टी एजिङ क्रिम
गर्भवती महिलाले एन्टी एजिङ क्रिम प्रयोग गर्नु हुँदैन। यसमा हुने रसायनले महिला र गर्भमा रहेको शिशु दुवैलाई हानि पुर्‍याउँछ।

एक्ने क्रिम
गर्भवती महिलाको अनुहारमा दाग–धब्बा आउनु सामान्य कुरा हो। सुत्केरी भएपछि यस्ता दाग, बिमिरा, डन्डीफोर (एक्ने) बिस्तारै हराएर जान्छन्। गर्भवतीले एक्ने क्रिम प्रयोग गर्नु हुँदैन। यसले गर्भको शिशुलाई असर गर्न सक्छ।

हेयर रिमुभल क्रिम
गर्भावस्थामा हेयर रिमुभल क्रिम भुलेर पनि प्रयोग गर्नु हुँदैन। यसमा हुने केही रसायनले गर्भवतीको छालामा गम्भीर असर पु¥याउँछन्। त्यस्तै, गर्भको शिशुलाई पनि यस्तो क्रिमले हानि पुर्‍याउन सक्छ।

सेन्ट
गर्भावस्थामा सेन्ट प्रयोग गर्नु हुँदैन। चर्काे बास्ना आउने क्रिम पनि प्रयोग गर्नु हुँदैन। यस्ता सेन्ट र क्रिमले गर्भमा रहेको शिशुलाई हानि पुर्‍याउन सक्छन्।

Facebook Comments
Show More
Loading...
Close