NEWS
नेपाललाई रेलमार्गमा जोड्ने कार्यको प्रारम्भ, दक्षिण कोरिया देखि युरोपसम्म जोड्न सकिने

मेची–महाकाली रेल वे नेटवर्क अनुमानित ९४५ किलोमिटरको हुनेछ । जसको बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिरटमा अहिले धमाधम निर्माण कार्य भैरहेको छ । त्यस बाहेक भारतसँग जोडिने पाँच वटा क्रस बोर्डर रेल वेको काम पनि अघि बढेको छ । जस अनुसार मध्यपश्चिमको नेपालगञ्जदेखि भारतको नेपालगञ्ज रोडसम्मको १५ किलोमिटर रेल मार्ग, भैरहवादेखि नौतन्वासम्मको १२ किलोमिटर, जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर, जोगबनीदेखि बिराटनगरसम्मको १३ किलोमिटर र न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्मको रेल वे नेटवर्क रहेको छ ।
काकडभिट्टाबाट सुरु भएर गड्डा चौकी पुग्ने रेल ९४५ किलोमिटर रेल वेले नेपाललाई ट्रान्स एसिया रेल वे नेटवर्कका २६ मुलुकसँग जोड्ने छ । यो रेल वे लाइन सिंगापुर, मलेसिया, थाइल्याण्ड, बर्मा, बंगलादेश, भारत हुँदै काकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ भने गड्डा चौकीबाट पुनः भारत प्रवेश गरेर पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्किबाट युरोप प्रवेश गर्नेछ ।
यो नेटवर्कमा यी मुलुक बाहेक रसिया, अर्मेनिया, अजरवैजान, कोलम्बिया, चीन, इण्डोनेसिया, काजकिस्तान, लाओस, दक्षिण कोरिया, ताजिकिस्तान, भियतनाम र उज्वेकिस्तान लगायतका मुलुक पनि समेटिन्छन् । ट्रान्स एसियन रेल वे लाइन ९ हजार २ सय ८९ किलोमिटर लामोे हुनेछ । नेपाललाई ट्रान्स एसियन रेल वे लाइनको मिसिङ लाइनका रुपमा राखिएको छ ।
मेची–महाकाली रेल वे प्रतिघण्टा २०० किलोमिटर स्पिडमा दौडने स्ट्डाण्डर्ड गेजको हुनेछ जुन भारतको रेल लाइन भन्दा द्रुतगतिको हो । रेल रेल स्ट्याण्र्ड गेजको हुनेछ, जुन भारतको भन्दा आधुनिक रहने बताइएको छ ।
