LOCAL
हराएको मोबाइल धनीलाई फिर्ता

दुलेगौडा, ९ पौष
छुट्टाछुट्टै स्थानमा हराएका मोबाईलहरु प्रहरीले धनीलाई फिर्ता गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराले बुधबार ३ वटा मोबाईल फिर्ता गरेको हो ।
शुक्लागण्डकी–५ दुलेगौडाकी खिना रानाको ओप्पो, व्याँस–३ की सुकमाया गुरुङ र शुक्लागण्डकी–४ की सिता लामाको सामसुङ मोबाईल फिर्ता गराईएको इलाका प्रहरी कार्यलय बेलचौतारका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । सोहि सिम प्रयोग भइरहेका कारण हराएका मोबाइल पत्ता लगाउन सफल भएको प्रहरीले जनाएको छ ।
विभिन्न समयमा हराएको मोबाईले अनुसन्धान गर्दा फेला परेपछि फिर्ता गराईएको अधिकारीले बताए । रानाको मोबाइल घरबाटै हराएको थियो । बच्चाहरुले खेलाउदै बाहिर लगेर सो मोबाइल हराएको हुनसक्ने उनले बताईन । मोबाईल फिर्ता पाएपछि उनिहरुले प्रहरीलाई धन्यवाद दिएका छन् ।
Facebook Comments