NEWS

वाम सरकार बनेको तीन महिनाभित्रै तातोपानी नाका खुल्छः सापकोटा

६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले नयाँ सरकार बनेको तीन महिनाभित्रै तातोपानी नाका खुल्ने दाबी गरेका छन्

उनले भने, ‘मैले पहल सुरु गरिसकेको छु, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालजीसँग कुरा गरिसकेँ, चीनीयाँ नेताहरुसँग पनि छलफल गरेको छु छिट्टै चिनियाँ राजदुतसँग पनि कुरा गर्छु ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने माग गरे । बिहीबार राजधानीमा भएको एक कार्यक्रममा सापकोटाले भने भने, ‘देउवाजीको एउटै राजीनामाले अहिलेको गत्यारोधको निकास दिन्छ, राजीनामा दिन किन ढिलाई गर्नुभएको छ हामीले बुझ्न सकेको छैनौं ।’

उनले एमाले(माओवादीवीच पार्टी एकता कसैले चाहेर पनि रोक्न नसक्ने जिकिर गरे । साथै अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपीशर्मा ओलीले गर्ने र पार्टी अध्यक्ष प्रचण्ड बन्ने दाबी गरे ।

एमाले नेता पार्वत गुरुङले पनि देउवाले राजीनामा दिनुपर्ने बताए । भने, ‘जनमतलाई सम्मान गर्दै राजिनामा दिनुपर्छ । तर, सरकार सत्ता लम्ब्याएर अस्थिरतातर्फ जान खोजेको आभाष हुन थालेको छ ।’

एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्ने उनले दाबी गरे ।

Facebook Comments
Show More
Loading...
Close