देउवाले अहिले सरकार छोड्दै छोड्नुहुन्नः डा. महत

Tanahun Khabar Daily

NEWS

६ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतले राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तत्काल स्विकृत गर्नुपर्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले सरकारमा बसिरहने रहर नभएको जिकिर गरे । भने, ‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि हामी सरकार छाड्छौं, संविधानलाई लत्याएर देश चल्छ रु’

उनले अहिले प्रधानमन्त्री देउवाले राजीनामा नदिने जिकिर गर्दै भने, ‘उहाँले अहिले सरकार छोड्दै छोड्न ुहुन्न ।’

निर्वाचन आयोगले मतगणना गर्न सजिलो हुन्छ भनेर मात्र राष्ट्रियसभा निर्वाचनमा बहुमतीय प्रणाली प्रस्ताव गरेको बताए । उनले भने, ‘प्रचण्डजीले सहमति खोज्ने कुरा गर्नुभएको छ, तर एमाले अध्यक्ष केपीओलीजीले त हामीले जे चाहन्छौं अबत्यही हुन्छ भन्दैहुनुहुन्छ, यो अहंकार हो ।’
स्थानीय तहको परिणाम आएपछि कांग्रेसले एकल संक्रमणीय व्यवस्था प्रस्ताव गरेको भन्नु गलत भएको उनले बताए ।

कांग्रेस नेता महतले राष्ट्रपतिले जति अध्यादेश रोक्यो त्यति नै संवैधानिक जटिलता उत्पन्न हुने बताए ।