NEWS

जिवन सागरको जिज्ञासा बजारमा

तनहुँका साहित्यकार नारायण दत्त अधिकारी जिवनसागरले “जिज्ञासा“ नामक पुस्तक प्रकाशनमा ल्याएका छन् । जिवनसागरले करिव ५ सय भन्दा बढी विभिन्न विषयका पुस्तक तथा धर्मग्रन्थहरुको सारलाई समावेश गरी जिज्ञासा प्रकाशनमा ल्याएको जनाएका छन् ।
उनले आफ्नो पुस्तक संसारमा नै कुनै पनि पुस्तकसँग दाँज्न नमिल्ने बताउछन् । उनका अनुसार पुस्तकमा हिन्दु धर्मालम्वीहरुको धर्म ग्रन्थ बेद, बौद्ध दर्शन त्रिपिटक, बाइबल, कुरआन, रामायण, महाभारात लगायतका पुस्तकहरुको सार आफ्नो पुस्तकमा भएकाले सम्पूर्ण धर्मवलम्वी, सम्पूर्ण बर्गको लागी उयुक्त हुने भएकाले संसारकै उत्कृष्ट पुस्तक भएको दावि गरे । द
लेखकले आफ्नो पुस्तकले पाठकहरुको सम्पूर्ण विषय प्रति भएको जिज्ञासाको उत्तर दिने बताउदै सम्पूर्णलाई एक पटक आफ्नो पुस्तक पढेर प्रतिक्रिया दिन आग्रह गरे ।
उनले औपचारिक रुपमा आफ्नो पुस्तकको विमोचन नगरेता पनि पाठकहरुको अत्याधिक माग आईरहेको उनले जानकारी दिए । उनले
आफ्नो पुस्तकको बारेमा जानकारी विश्वभर पुगेको बताउदै देशबाहिरबाट अत्याधिक माग भएको बताए । लेखकले विशेष गरी आफ्नो पुस्तक हङ्गकङ, यूके, दुवई, ईजराइल लगायतका देशमा रहेको नेपालीहरुले माग गरेको बताए । जिवनसागरले तनहुँ खवर सँग कुरा गर्दै आफ्नो पुस्तक पढेर राष्ट्रकवि माधव घिमिरेले समेत उत्कृष्ट पुस्तकको दर्जा दिएको बताए ।
पहिलो चरणमा ५ हजार प्रति पुस्तक प्रकाशनमा ल्याएका उनले तनहुँका विभिन्न पुस्तक पसलहरुमा विक्रीका लागी उपलब्ध गराएका छन् । देश भरिका पाठकहरुका लागी सहज रुपमा उपलब्ध गराउने तयारीमा आफु लागेको बताए ।
तनहुँका साहित्यकार जिवन सागरले यो पुस्तक लेखनका लागी १० वर्षको समय लगानी गरेर पुस्तक प्रकाशन गरेका हुन् । उनले यस अगाडी पनि कविता स्र्रंगह, भजन संग्रह, तथा विचार ब्यवस्थापन पुस्तक प्रकाशनमा ल्याई सकेका छन् । आफ्नो चौथो कृति स्वरुप जिज्ञासा प्रकाशनमा ल्याएका उनले पाठकहरुको सकरात्मक प्रतिक्रियाले लेखनमा लाग्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

Facebook Comments
Show More
Loading...
Close