तनहुँमा सुन्तला उत्पादनमा बृद्धी
Tanahun Khabar DailyNEWS
अमरराज नहर्की,तनहुँ ,पौष २ गते ।
तनहुँमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ । पानी प्रशस्त परेको र असिनाले कम क्षेती पु¥याएकोले १२ देखि १५ प्रतिशत सम्म सुन्तला उत्पादनमा बृद्धि हुने अनुमान गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले जानकारी दिनु भयो ।
यतिबेला सुन्तलाको सिजन भएकाले पोखरा, चितवन र काठमाडौंका व्यापारीहरु कृषकको बगैंचामा पुगि बैना गरी बजारमा लगेर धमाधम बेच्न थालेका छन् । कार्यालयका अनुसार तनहुँको म्याग्दे गाउँपालिका जामुनेका कृषक सुकनारायण श्रेष्ठले मात्रै ३७ लाख रुपैयाँमा सुन्तला विक्री गरिसक्नु भएको छ । व्यास नगरपालिकाको कृषि शाखाकी कृषि विकास अधिकृत शसी अधिकारीका अनुसार तनहुँबाट गत वर्ष १ हजार ३ सय ९४ हेक्टर सुन्तला खेतीको लागि राम्रो रहेको छ भने ९ सय ९५ हेक्टर उत्पादनशिल रहेको छ । जसबाट गत वर्ष ५ हजार ५ सय ५५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जसमा आन्तरिक खपत १ हजार १० भएको थियो भने ४ हजार ४ सय ४५ मेट्रिक टन सुन्तला विक्री भएको थियो । तनहुँबाट गत वर्ष २० करोड २५ हजार रुपैयाँको सुन्तला विक्री भएको अधिकृत अधिकारी बताउनु हुन्छ ।
४ नगरपालिका र ६ वटा गाउँपालिका रहेको तनहुँमा अधिकांश भू–भाग पहाडी क्षेत्र रहेको छ । पहाडी क्षेत्रमा सुन्तला खेती हुने गरेको छ । कार्यालयले जिल्लाको तनहुँसुर, छाङ, मनपाङ, धरमपानी, राईपुर, बैदी, जामुन, बन्दीपुर, बरभन्ज्याङ सुन्तला खेतीको पकेट क्षेत्रको घोषणा गरी कृषकलाई प्रोत्साह गर्दै आईरहेको छ । पकेट क्षेत्रमा सुन्तलाहरुको बगैंचा रोगबाट कृषकहरुको सुन्तला बगैंचा मासिने तथा आर्थिक अबस्थामा परेको नकरात्मक असरलाई समाधान गर्न दुई वर्षबाट शुरु गरिएको सुन्तला बगैंचा सुदृढीकरण कार्यक्रमले बगैचा व्यबस्थापन तथा सुन्तला उत्पादनमा सकरात्मक नतिजा देखाएको प्राथमिकताका साथ कार्यक्रम शुरु गरिएको कार्यालयले जनाएको छ ।
तनहुँको डुम्रे बजारमा विक्रीको लागि राखिएको सुन्तला / तस्विर–अमरराज नहर्की, तनहुँ