नविन पौडेलको सुन्नै पर्ने गित, हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो सार्वजनिक(भिडियो सहित)

Tanahun Khabar Daily

ENTERTAINMENT

चर्चित लोक गायक नविन पौडेलले नयाँ गित सार्वजनिक गरेको छन् । मेला र महोत्सवहरुमा दर्शकलाई आफ्नो कलाको माध्यामबाट मत्रमुग्न बनाउने खुवीवान गायक पौडेलले “हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो” बोलको गित बजारमा ल्याएका हुन् । सामाजको नराम्रो पक्षलाई ब्यङ्ग्यात्मक शैली र कर्णप्रिय स्वरमा आवाज उठाउने पौडेलले नारी अधिकारको पक्षमा गित सिर्जना गर्ने गर्दछन् ।
रक्षा म्युजिक प्रालिद्धारा बजारमा आएको गितमा पौडेललाई पछिल्लो समयकी अत्यन्त ब्यस्त एवं चर्चित गायिका पूर्णकला विसीले स्वरमा साथ दिएकी छन् भने लय र शब्द पौडेल आफैले सिर्जना गरेको हुन् । युट्युवमा दर्शकले अत्यान्त मन पराइएको यस गितको श्रब्यदृश्यमा भने हास्यकलाकार शिवहरी पौडेल(मुखमा हानु जस्तो) र टिका जैसीको अभिनय देख्न सकिन्छ ।
विशेष गरी मेला महोत्सवको माहोललाई रोचक बनाउने शैलीको यस गितका सर्जक पौडेलले यस अगाडी समेत हुन मन छर नत माइत न घर, हरेक जात जाती, यस्तै हुन्छ भन्ने भा लगायतका दर्जनौ चर्चित गित सार्वजनिक गरिसकेको छन् ।

भिडियो: