NEWS
चुमान तनहुँ १ ख मा विजयी

मंसिर २६, तनहु,
तनहुँको क्षेत्र नः १ को प्रदेश क्षेत्र (ख) मा माओवादी केन्द्रका नेता हरि बहादुर चुमान विजयी भएका छन् । चुमानले कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेललाई पराजित गरी विजयी भएका हुन् । चुमानले १५ हजार ३ सय ६० मत ल्याउदा पौडेलले ११ हजार ८ सय ८१ मत मात्र प्राप्त गरेका थिए । चुमान र पौडेल वीचको जितको अन्तर ३ हजार ४ सय ८९ छ ।
Facebook Comments
