LOCAL

ब्रह्माकुमारी विश्वविद्यालयको दिर्गकालिन विकासमा लाग्नु पर्छ— कोइराला

मन्त्री आशा कोइरालाले ब्रह्मा कुमारी ईश्वरिय विश्वविद्यालय एवं योग प्रशिक्षण केन्द्रले यस क्षेत्रमा सकरात्मक विचारको प्रवाह गरी समाज विकासमा महत्पूर्ण भूमिका खेलेको बताएकी छन् ।
शुक्रबार केन्द्रमा आयोजित एक कार्यक्रममा बाल्दै उनले यस किसिमको सस्थालाई सवैले सहयोग गर्नु पर्नेमा जोड दिइन् । आसन्न प्रदेश सभाका लागी तनहुँ क्षेत्र न २ क की उम्मेदवार समेत रहेकी कोइरालाले आफू विजय भएको खण्डमा केन्द्रको विकासमा लागी पर्ने बताइन् ।
उनले केन्द्रमा पुग्ने अधिकाँश मतदाताहरु सँग समेत आफ्नो पक्षमा मतदान गरि दिन आग्रक गर्न भने चुकिनन् । महिला अधिकार सुनिश्चितताको लागी समेत आफ्नो उम्मेदवारी रहेको दावि गर्दै समग्र क्षेत्रको विकासमा आफु समर्पित हुने उनले बताइन् ।
केन्द्रकी प्रमुख रश्मी खड्काले देउवा सरकारमा आफ्नो क्षेत्रबाट मन्त्री समेत भए पनि स्वागत गर्न नपाएको गुनासो गर्दै मन्त्रीको आगमनले खुशी लागेको प्रतिक्रिया दिइन् । खड्काले मन्त्री कोइरालालाई आसन्न निर्वाचनमा जितको लागी शुभकामना दिदै ब्रह्माकुमारी विश्वविद्यालयको अभियानलाई सफल पार्न आग्रह समेत गरिन् ।
कार्यक्रममा नेकपा माओबादी शुक्लागण्डकी नगर कमिटकिा उपाध्यक्ष बुद्धिसागर रिमाल तथा माइन्ड केमेस्ट्रीका अनुसन्धान कर्ता ब्रह्माकुमार हरि सिटौला लगायतले मन्तब्यको क्रममा विश्वविद्यालयले आफ्ना लक्ष्य र कार्यक्रमहरु समाजमा प्रभावकारी रुपले अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।

Facebook Comments
Show More
Loading...
Close