
तनहुँको राजनितिमा एक परिचित नाम हो केदार सिग्देल । लामो समय देखी नेकपा एमालेको राजनितीबाट तनहुँ बासीको मनमा बस्न सफल भएका सिग्देल नेकपा एमालेका जिल्ला अध्यक्ष समेत हुन् । ऐतिहासिक प्रतिनिधि र प्रदेश सभाका लागी तनहुँ क्षेत्र २ बाछ प्रतिनिधि सभाका उम्मेदवार रहेको उनी वि.स. २०२० असोज ५ गते तनहुँको साविक किहुँ गाविस ७ बोमामा जन्मिएका हुन् ।
निडर, हकी र जुझारु स्वाभावका सिग्देल २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई तत्कालिन नेकपा मालेबाट राजनिति सुरु गरेको थिए । उनी पोखरा स्थित पृथ्वी नारायण क्याम्पस तथा काठमाण्डौको नेपाल ल क्यम्पसमा विद्यार्थी राजनितिमा सक्रिय हुदै तत्कालिन पार्टीको संगठन निर्माण र निर्दलिय पञ्चायत ब्यबस्थाको विरुद्ध भएको आन्दोलनको जिम्मेवारी सम्हाल्दै आफ्नो कुशल क्षमता प्रर्दशन गरेका ब्यक्ती हुन् । वि.स. २०४६ सालको आन्दोलनमा तनहुँको दक्षिण पश्चिम क्षेत्रको नेतृत्व सम्हाल्दै आफुलाई पूर्ण रुपमा राजनितिमा समर्पित गरेका सिग्देलले जिल्लाका राजनिति र विकास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
वुवा भोजराज र माता निलमायाको कोखबाट जन्मिएका सिग्देल ग्रामिण क्षेत्रमा आफ्नो बाल्यकाल विताएता पनि उनले राजनिति शास्त्रमा एम.ए. र कानुन विषयमा वि.ल उत्तिर्ण गरेका छन् । सादा जिवन र उच्च विचारको प्रतिमूर्तिका रुपमा आफुलाई परिचित बनाएका उनी आफ्नो संगी साथी र कार्यकर्ताहरु विचमा भने मिलनसार, र मिजासिलो स्वभाव भएको मानिन्छ ।
श्रमप्रति गहिरो लगाव राख्ने सिग्देलले गलत प्रवृती र चरम अवसरबादको भने तिखो प्रहार गर्न माहिर छन् । राजनितीलाई पेशाको रुपमा नभै स्वेच्छिक सेवाको रुपमा मान्ने सिग्देल ईमान्दार, विश्वसनियता र जवाफदेहिताको सजिव धरोहरको रुपमा चिनिन्छन् ।
आगामी मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि सभाको उम्मेदवार रहेको उनले आफ्नो निर्वाचन क्षेत्रमा भने आफ्नो जिन निश्चित गरहेको दावि गर्दै आएका छन् । तनहुँको राजनितिमा सक्रिय सिग्देल जिल्लाको कुना काप्चा देखी अधिकाँश स्थानमा धेरै पटक पुगेकाले पनि आफु आफ्ना सवै मतदाताहरुको लागी नयाँ अनुहार नभएको उनको ठहर छ ।
सिग्देलले आफू निर्वाचित भएको खण्डमा आफ्नो निर्वाचन क्षेत्रमा गर्नु पर्ने १० कार्यहरुलाई प्राथमिकताका साथमा यसरी प्रतिबद्धता प्रकट गरेका छन् ।
१. उत्पादनशिल रोजगारीको अवसर सिर्जना गर्ने । २. दीगो आर्थिक बृद्धी कायम गर्ने, ३. आयस्तर बृद्धी तथा गरिवी न्यूनिकरण गर्ने ४. आथिर्क—सामाजिक पूर्वाधारको निर्माण, मर्मत सुधार एवं स्तरोन्नतीमा जोड दिने । ५. बैज्ञानिक बसोबास र ब्यवस्थीत शहरीकरण प्रक्रियालाई सुनिश्चित गर्ने । ६. आधुनिक एवं बैज्ञानिक भुमि ब्यवस्थापन प्रणाली लागू गर्ने । ७. सुशासन र मानव अधिकारको प्रत्याभूती तथा भ्रष्टचार नियन्त्रण गर्ने ८. वातावरण सन्तुलन तथा प्रभावकारी प्रकोप ब्यवस्थापन प्रणालीलाई प्रत्याभूत गर्ने । ९. सामाजिक न्याय एबं लोक कल्याणकारी राज्य ब्यवस्था स्थापना गर्ने । १०. गतिशील तथा सन्तुलित बैदेशिक सम्वन्ध कायम गर्ने ।
राजनिति सँगै अध्यापन पेशामा समेत आफुलाई समाबेश गरेको उनले पूर्णकालिन राजनितिमा लागे पछि जागिरलाई निरन्तरता दिन सकेनन् । जिल्ला कमिटीको सदस्य हुदै उप सचिव र दुई कार्यकाल निर्वाचित अध्यक्षको भूमिका निर्वाह गरेको उनी आफ्ना कार्यकालमा पार्टी संगठन विस्तार र पार्टीलाई प्रभावकारी बनाउन सक्षम नेताको रुपमा समेत परिचित छन् ।
प््रातिनिधि सभाका लागी नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी उनको प्रमुख प्रतिद्धन्द्धीको रुपमा हेरिएको छ । तर कम्युनिष्टहरुको गढको रुपमा रहेको यस क्षेत्रमा माओबादीको समेत साथ पाए पछि सिग्देल जित नजिक रहेको यहाँका जानकारहरु बताउने गर्दछन् । यस निर्वाचन क्षेत्रमा गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचन परिणामलाई विश्लेषण गर्दा लोकतान्तिक भन्दा बामगठबन्धन ६ हजार ८ सय ११ मतले अगाडी देखिन्छ ।
