शुक्लागण्डकीका एकल महिलाहरु सामुहिक रुपमाच्याउ खेती गर्दै
Tanahun Khabar DailyLOCAL
मंसिर १४, दुलेगौडा
मानव अधिकारका लागी एकल महिला समूह, शुक्लागण्डकीका महिलाहरु संगठित रुपमा नै च्याउ खेती गरेर उदाहरणीय बन्ने प्रयासमा रहेका छन् । समाजलाई एकल महिलाले पनि केही गर्न सक्छन् भन्ने उदेश्यले आफूहरु यस अभियानमा लागेको समूहकी अध्यक्ष तुल्सी शाहले बताइन् । समूहले नगरपालिकाको परिसर भित्र रहेको खाली जग्गा नियमानुसार भाडामा लिएर ३ आना जग्गामा च्याउ खेती सुरु गर्न लागेको छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा शुक्लागण्डकी ४ बाट एकल महिलाहरुलाई लक्षित गरी जिविकोपार्जन एवं सिप अभिबृद्धीको लागी ७० हजार रुपैयाँ विनियोजन भए पछि आफूहरुमा हौसला बढेको एकल महिला ६८ बर्षिय टिका देबी भट्टराईले बताइ्न । अधिकाँश मन्दिरमा नै समय विताउने भट्टराई आफुजस्तै एकल महिलाहरुले च्याउ खेती गर्न अग्रसर भए पछि आफ्नो दैनिकीलाई परिर्वतन गरी उनीहरुलाई सहयोग गर्न पुग्छिन् ।
कार्यक्रमले आफुहरुलाई आयआर्जन गरी जिविकोपार्जन गर्न सहयोग पुग्ने अधिकाँश एक महिलाहरुको आशा रहेको छ । अध्यक्ष शाहले पहिलो चरणमा नगरपालिकाको १२ वटा वडाका १÷१ जनालाई तालिम दिने र उनीले आफ्नो वडाका अन्य एकल महिलाहरुलाई सहजीकरण गर्नु पर्ने जानकारी दिइन् ।
च्याउ खेतीको लागी पराल समेत ल्याईसकेका उनीहरुले अहिले भने ऋण खोजेर च्याउ खेतीको लागी लगानी गरेको छन् । कम परिश्रमबाट नै मनग्य आम्दानी लिन पाइने भएपछि पछिल्लो समयमा च्याउ खेती तर्फ कृषकहरुको आकर्षण बढ्दो छ ।