ENTERTAINMENT
शनिबार भिमादमा सागर आले आउने

कार्तिक २३, भिमाद
आगामी शनिबार चर्चित टेलिभिजन कार्यक्रम नेपाल आइडलका प्रतिष्पर्धी एवं लोक प्रिय गायक सागर आले भिमाद आउने भएका छन् ।
युवा क्लव भिमादको आयोजना र ब्यास इन्टरटेनमेन्टको ब्यवश्थापनमा गत १४ गते देखी सञ्चालित भीमाद रमाइलो मेलाको अन्तिम दिन आले आउने कार्यक्रम मुल संयोजक गणेश सुबेदीले जानकारी दिए ।
केही महिना अगाडी एपि वान टेलिभिजनद्धारा सञ्चालित नेपाल आइडलमा सागर उत्कृष्ट चारबाट बाहिरिएका थिए । उनी उक्त कार्यक्रम मार्फत नै चर्चाको शिखरमा पुगेका गायक हुन् । कार्यक्रम संयोजक सुबेदीका अनुसार भीमादमा ल्याउने तयारी केही पहिले नै भएता पनि गायक सागरको ब्यस्तताका कारण पुरा भएको थिएन ।
आगामी शनिबार २५ गते साँझमा हुने उक्त कार्यक्रममा करिब ५ हजार दर्शक भित्राउने आफुहरुको लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रम युवा रंगशाला भिमादमा आयोजना हुने छ ।
