NEWS
जनप्रतिनिधिहरुको आगमन सँगै विकास ठप्प

अशोक विश्वकर्मा, तनहुँ
स्थानिय तहमा जनप्रतिनिको आगमन भए पछि विकास निर्माणका कार्यहरु ठप्प भएका छन् । आर्थिक वर्षको पहिलो चौमासिक वित्न लाग्दा समेत पुजीगत तर्फको रमक खर्च गर्न नसक्दा विकासका कामहरु प्रभावित भएको पाईएका छ ।
शुक्लागण्डकी नगरपालिकाका लागी आएको पहिलो किस्ता वापतको रमक एक रुपैयाँ पनि विकास निर्माणको लागी खर्च हुन सकेको छैन । नगरपालिकाका नगर प्रमुख किसान गुरुङ्गले प्राविधिकहरुको अभावमा योजना तर्जूमा गर्न नपाएकाले कामहरु प्रभावित भएको स्वीकार गरे । उनले स्थानिय तहमा असार २५ गते भित्र प्राविधिक र कर्मचारी स्थानिय विकास मन्त्रालय मार्फत आउने आफूहरुले आश्वासन पाएता पनि सोही अनुरुप कर्मचारी नआए पछि समस्या भएको जानकारी दिए । गुरुङ्गले कार्यपालिकाको बैठक मार्फत प्राविधिकहरुका पद पूर्ति गर्ने प्रकृयामा आफुहरु रहेकाले अव छिट्टै नै नगरसभा बाट पारित भएको योजनाहरुको तर्जुमा हुने बताए ।
यता नगरपालिका भित्रका अधिकाँश वडाध्यक्षहरुले भने नगरप्रमुखले चासो नदिदा प्राविधिकको ब्यवस्था हुन नसकेको र विकासका कामहरु पछि परेको गुनासो रहेको छ । जनप्रतिनिधि निर्वाचित भए देखी बिकासका कामहरु अघि बढेका छैनन्, मेयर र उपमेयरले खै गर्नुभाको हो सार्वजनिक स्थानमा निस्कन पनि गाह्रो भै सक्यो, जनताको प्रश्नै प्रश्नको सामना गर्नु पर्छ वडा न ५ का वडाध्यक्ष दिर्घ बहादुर थापाले भने ।
यता नगरपालिकाका उपमेयर सविता रसाइलीले नगरपालिकाका गर्नु पर्ने सम्पूर्ण काम सम्पन्न गरिसकेको दावि गर्दै प्राविधिहरु ब्यवस्था भएकाले अव विकासको गतिविधिहरु अघि बढ्ने बताइन् ।
वडा न १२ का वडाध्यक्ष मनराज गुरुङ्गले वडा कार्यालयमा बसेर रिफारिसमा हस्ताक्षर गर्नु भन्दा अर्काे काम नभएको बताउदै समयमा नै नगरपालिकाका प्रमुख र कार्यकारी अधिकृतले प्राविधिकहरुका ब्यवस्था नगर्दा आफुहरुलाई अफ्ट्यारो भएको बताए ।
नगरपालिकामा १ जना इन्जिनियर सहित ३ जना प्राविधिक नगरपालिकामा रहेका थिए भने स्थानिय तह पश्चात योजना तर्जुमा गर्न प्राविधिक अभाव भए पनि थप ४ जना प्राविधिकको माग गरिएको नगरपालिकाले जनाएको छ ।
गत जेठ १५ गते देखी कार्यभार सम्हालेका जनप्रतिनिधिहरु कार्यपालिकाको बैठकमा उपस्थित हुने र विभिन्न निर्णयहरु गर्ने भएता पनि निर्णयको कार्यन्वयन हुन नसकेको बताउने गरेको छन् । नाम नबताउने सर्तमा कार्यपालिकाकी एक सदस्यहरुले बैठकमा एक अर्का प्रति दोषारोपण गर्नु भन्दा अन्य प्रभावकारी निर्णयहरु नहुने गरेको बताइन् ।
