Article
लोकतन्त्रलाई संस्थागत किन गर्ने ?

प्रकाश बि.क, तनहुँ
“निर्णय लिन दुविधा भए आफु उभिएको जमिनको एक मुठ्ठी माटो लिनुस , मनले जे भन्छ त्यही गर्नोस ”— महा मानव विपि कोईराला
मानिस जन्मना भन्दा पहिलै उसका बुवा आमाले उसको भविष्यको बारेमा सोचेका हुन्छन कि कस्तो बनाउने ? कतिका सपना साकार हुन्छ त कतिका हुदैनन् । अथक प्रयास, निरन्तर अभ्यास बाट मात्र सफलता हासिल गर्न सकिन्छ । मानिसको चरित्र, सिद्घान्त र उसको परिश्रमले उसको सफलताको पथ निर्दिष्ट गरेको हुन्छ ।
नेपाली जनताले विगत सत्तरी वर्ष पहिले देखेको सपना थियो, लोकतन्त्र । नेपाली समाज र आम नेपालीले देखेको लोकतन्त्रको सपना आज विपनामा परिर्वतन भएको छ । राजनितिक दृष्टिकोण बाट हेर्दा देशलाई पुष्पलाल देखि पुष्पकमल, राजा देखि राजाका भरौटे सम्मले चाहेको नेपाल, राणाहरुले चाहेको नेपाल र वि.स २००३ सालमा वि.पि ले चाहेको लोकतन्त्र । वास्तवमै वि.पि ले चाहेको जनतामा निहित शासन व्यावस्था आज नेपालमा आएको छ । नेपाली जनता त्यही लोकतन्त्रलाई संस्थागत गर्नका लागि निर्वाचनमा चरणबद्घ रुपमा मतदान पक्रियामा भाग लिन जादैछन ।
वि.स २००३ सालमा नेपाली काँग्रेसको स्थापना सँगै महामानव वि.पि कोइरालाले पार्टि स्थापनाको उद्धेश्य “जनतालाई सुख, समृद्धि दिन चहान्छौ त्यसका लागि प्रजातन्त्रको स्थापना गर्न चहान्छौ ” भन्नुभएको थियो । जन्मदाकै उद्धेश्य सँगै वि.स २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भयो । नेपाली जनताले नेपाली काँग्रेसकै नेतृत्वमा नेपालको लोकतान्त्रिक संविधान पाएका छन र लोकतन्त्रको मिठो अनुभव गर्ने पाएका छन ।
संविधान जारी हुनु मात्र ठुलो कुरा रहेन, संविधानको पूर्ण कार्यन्वयन र लोकतन्त्रलाई संस्थागत गरि जनतालाई विधि र विधान संव्त समृद्ध, सुखी जिवनयापन गराउनु , संविधानलाई जनतासम्म पुराउनु र जनमुखि संविधान बनाउनु महत्वपूर्ण पक्ष हुन्छ ।
नेपालमा वि.स २००७ साल सम्म एकतन्त्रिय राणा शासन रह्यो । बितेको ७१ वर्षमा नेपालको राजनितिमा पुष्पलाल देखि पुष्पकमल सम्मले नेपाललाई आफ्नो नेतृत्वमा लान खोजेको सर्वोबिविध नै छ । राजा महाराजा देखि राजाका भरौटेहरुले देशमा राजा शासनको संस्थागत गरि राजपथमा देशलाई लान खोजे, महामानव वि.पि कोइरालाले नेपाललाई जनताले आफ्ैले बनाएको बाटोमा लाने सिद्धान्त, लोकतन्त्रीक पथमा लान चाहे ,अन्त्यत सबै शक्तिहरु आज लोकतन्त्रको बाटोमा आएका छन । जसको कारण नेपाली जनताले स्वतन्त्र रुपमा खाने, बोल्ने, हिड्ने, रमाउने र व्यक्तिगत स्वतन्त्रता पाएका छन । आर्थिक, सामाजिक, धार्मिक ,सांस्कृतिक र व्यक्तिगत स्वतन्त्रता लोकतन्त्रबाट मात्र संभव छ । यदि हामीले लोकतन्त्रलाई संंस्थागत गर्न सकेनौं भने हामीले हाम्रो आफ्नो स्वतन्त्रता लाई निश्चय नै गुमाउने छौं । आफ्नो स्वतन्त्रता र अस्तित्व जोगाउने वा अरुलाई सुम्पने त्यो तपाई हामी जनताको एक भोटमा निहित छ ।
न्यायिक, सामाजिक–आर्थिक असमानत र विभेदपुर्ण समाज निर्माण गर्नु लोकतान्त्रिक समाजवादको प्रमुख विषय हो । समाजमा हुने चरम गरिबी, असमनता, विभेद लाई न्यूनीकरण गर्दे निर्मुल पार्ने लोकतन्त्रकको प्रमखु एजेण्डा हो । जब देशमा लोकतन्त्र संस्थागत हुन्छ, जनताले आफ्नो इच्छा अनुसार आफ्नो व्यक्तित्व विकास गर्ने पाउछ । अनि समाजमा आर्थिक समृद्धि छाउछ , समाजमा असमानता र विभेदको न्यूनिकरण भई समान समतामुलक समाजको निर्माण हुन्छ । नेपाल चार जात छत्तिस वर्णको साझा फुलवारी हो । नेपालका सबै जात जाति, भाषा धर्म, लिङ्ग, वर्ग, विविध सम्प्रदायका मानिसले राष्ट्रभित्र रहि सानदार जिवन जिउने परिपाटी लोकतन्त्र हो । देशलाई संकट परेको बेला सामुहिक रुपमा मिलेर समधान गर्ने परिपार्टी लोकतन्त्रमा रहेको हुन्छ ।
नेपालको संविधान कार्यन्वयनका निम्ति नेपाली काँग्रेसकै नेतृत्वमा गत वैशाखमा स्थानिय तहको निर्वाचन सम्पन्न भयो , आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि नेपाली काँग्रेसकै नेतृत्वमा मंसिर १० गते र २१ गते हुदैछ, त्यही नेपाली जनताको लोकतन्त्र, राष्ट्रियता र समाजवाद लाई संस्थागत गर्नका लागि । वाम एकता संविधान को कार्यन्वयन नगर्ने पक्षमा विपरित तर्फ उभिएको छ । जसले जनताको सम्पूर्ण स्वतन्त्रता लाई धरापमा पारेको छ । जनताले जनताको लागि, जनताले चुनेर पठाएको प्रतिनिधिबाट राज्य शासन संचालन गर्ने प्रथा नै लोकतान्त्रिक पद्धति हो । हर जनताले त्यो चहादैन कि आफुले दुख गरि कमाएको सम्पति सरकारको ढुकुटीमा जाओस, आफ्नो नाममा कति पनि सम्पति नहोस र हरेक जिवनको निर्णय सरकारबाट होस । जनताको स्वतन्त्रता, जनताको चहाना र जनताको माग लाई खोस्ने प्रयत्न भएको छ । साँच्चिकै यो लडाई जनवादी शासन र लोकतान्त्रीक शासन पद्धति बिचको लडाई हो । लाग्छ जनता लोकतान्त्रीक शासन पद्धतिको पक्षमा हुनेछन । संसारमा संस्थागत हुन नसकेको जनवादी शासन नेपालमा नेपाली जनताले कसरी अवलम्वन गर्लान ?
“हामी आफ्नो अधिकारको लागि लोकतन्त्रको पक्षमा मतदान गर्दछौं” जनता यो चहान्छ । निश्चय नै देशमा आवधिक निर्वाचन , बहुदलिय प्रतिस्पर्धा ,निर्वाचित संसद र त्यसप्रति उतरदायी सरकार हुन जरुरी छ । लोकतन्त्र नागरीकको स्वतन्त्रतामा निहित छ , जब जब नागरिक स्वतन्त्र हुन्छ, उ मर्यादित जिवन जिउँने आधार सिर्जना हुन्छ । लोकतन्त्रले नै एउटा सचेत, कर्तव्यनिष्ठा नागरिक बनाउने कार्य गर्दछ । समाज अझैपनि असमानता र विभेदमा गुज्रीरहेको छ, जातिय, वर्गीय, धार्मिक, राजनितिक , लिङ्गीय र सामाजिक असमानता कायम नै छ । जब देशमा संवैधानिक लोकतन्त्रको स्थापना हुन्छ , तब मानिस आफ्नो अधिकार उपभोग गर्दे अरुको अधिकार को सम्मान गर्न तर्फ लाग्दछ र वैधानिक र समातामुलक समाजको निर्माण हुन्छ । समाजमा सामाजिक विभेदको अन्त्य गर्नका लागि समावेशी लोकतन्त्रको संस्थागत हुन जरुरी छ । राज्यको हरेक स्रोत र तहमा सबै जात, वर्ग, भाषा, धर्म र समुदायको समान पहुँच र सहभागिता हुन, देशमा कर्मचारी तन्त्र, संस्थातन्त्रबाट निवारण गराउन देशमा संघिय सरकार, स्थानिय सरकार निर्माण हुन जरुरी छ, अन्यथा सम्पुर्ण शक्ति र अधिकार कुनै सिमित व्यक्ति र वर्गमा निहित हुन्छ । सरकार र जनता बिचको खाडल परिपुर्ति गर्न पनि लोकतन्त्रको संस्थागत स्थापना हुन आवश्यक छ । तसर्थ यी यावत कुरालाई संस्थागत गर्नका लागि लोकतन्त्रको पक्षमा मतदान हुन जरुरी छ , नेपाली काँग्रेसलाई अत्यधिक मतदान गरी जिताउन आवश्यक छ ।
लेखक नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि हुन् ।
