गीतकार आलेको ‘तिम्रो माया’ सार्वजनिक(भिडियो सहित)
Tanahun Khabar DailyENTERTAINMENT
दुलेगौडा,
गीतकार चन्द्रज्योती आलेको गीत ‘तिम्रो माया’ सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको गीतमा पछिल्लो समयका चर्चित गायक युवराज चौलागाईको स्वर र राजन एशानको एरेन्ज छ । आलेले आफ्नै युट्युब च्यानमार्फत गीत सार्वजनिक गरेकी हुन् । गीतमा नेपाली चलचित्र उद्योगमा हट केकका रुपमा चर्चित रहेको जोडी पल शाह र आँचल शर्माको अभिनय देख्न सकिन्छ । तनहुँ शुक्लागण्डकी —३ कालिम¥याङ्मा जन्मिएकी आले मगर हाल हङकङलाई कर्म थलो बनाउदै आएकी छिन् ।आले नेपाल मगर संघका केन्द्रीय सदस्य एवं पूर्वी एसिया संयोजक तथा मगर संघ हङकङको निर्वतमान् अध्यक्ष समेत हुन् । परदेशमा रहेर नेपाली गीतसंगीतमा कलम चलाउँदै आएकी आले मगरको यसअघि मायासंग, छुटेकी चेली, साईली, राम छाँया, साइखोले सालैजो गीत बजारमा आएको थियो । आले मगरले यहि गुनासो एल्बममा नेपालमै पहिलो पटक माघे संक्रान्तिको मौलिक विशेषतालाई समेटेर ‘नाच्दै गाँउदै मनाउँ है माघे संक्रान्ती’ भन्ने गीत पनि बजारमा ल्याउने तयारीमा छिन् । उनले उक्त गीतका अडियो तयार भइसकेको र भिडियोको समेत तयारी भइरहेको जानकारी दिइन् । उनले परदेशमै रहे पनि आगामी दिन अभmै सशक्त ढंगले नेपाली गीत संगीतमा कलम चलाउने बताइन्।
भिडियो: