रमाईलो मेला भीमादमा भोली राधिका हमाल आउने
Tanahun Khabar DailyENTERTAINMENT
हरिवोधन एकादशीलाई विशेष बनाउने उदेश्य सहित युवा क्लब भिमादले ११ दिने रमाइलो मेला आयोजन ागर्ने भएको छ । यही १४ गते हरिबोधनी एकादशीको दिन देखी कार्तिक २५ गते सम्म आयोजना हुने मेलामा प्रत्यक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
हाम्रो संस्कृती हाम्रो परम्परा, जगेर्ना गर्ने हाम्रो अभिभारा” भन्ने नाराको साथमा क्लबले आयोजना गर्न लागेको मेलामा १४ गते भोलाी चर्चित लोक तथा दोहोरी गायिका राधिका हमालले आफ्नो प्रस्तुती राख्ने छिन् ।
आयोजकले दिएको जानकारी अनुसार १५ गते चर्चित गायक सुनिल गिरी र जिवन ढकालको प्रस्तुती रहने छ भने १६ गते समिर वि.क. र हास्य कलाकार दाह्री बाको पस्तुती रहने छ । यस्तै १७ गते हाँस्य कलाकार गुन्द्रुके, चनामती र मुना घिमिरे, १८ गते, ज्योती मगर र जिपि जोडी, १९ गते हास्य कलाकार सुरेन्द्र लामीछाने मुलाको साग र जोगिन्दर पानवाला, २० गते, २१ गते चर्चित लोक दोहोरी गायक बद्रि पंगेनी, २२ ब्यास इन्टरटेण्डमेण्टका कलाकार संगै नेपाल आइडलका कलाकारहरु, गते २३ गते कमल रसाइली, २४ गते सरु गौतम र प्रेम लामा तथा २५ गते अन्तिम दिन तिलक सारु मगरको प्रस्तुती रहने छ ।
मेला आयोजना हुने अवधी भर विहान ११ बजेबाट बेलुका ५ बजे सम्म विभिन्न राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।
आयोजक युवा क्लव भिमादका सचिव गणेश सुवेदीका अनुसार मेलामा रोटे पिङ्ग, झुला पिङ्ग, सर्कस र खानाका परिकारहरुको स्टल रहने छ ।