बरिष्ठ लोक गायक महतलाई सम्मानै सम्मान
Tanahun Khabar DailyENTERTAINMENT
अशोक विश्वकर्मा, तनहुँ
हाल अमेरिकमा बसोबास गर्दै आएका बरिष्ठ लोक दोहोरी गायक प्रेम राजा महत पछिल्लो समयमा आयोजना हुने नेपालका अधिकांश मेला महोत्सवहरुमा सम्मानित भएका छन् ।
कुनै समयका अत्याधिक चर्चित लोक दोहोरी गायक महत अहिले नेपालमा रहेका छन् । उनी नेपालमा रहेको मौकामा आयोजना भएका अधिकाँश कार्यक्रममा विशेष आकर्षणको रुपमा पुग्ने गरेका छन् ।
महतलाई तनहुँको दमौलीमा आयोजित आदीबासी जनजाती तनहुँ साँस्कृतिक महोत्सवमा समेत सम्मान गरिएको छ । नेपाली लोक संस्कृतीमा उनले पु¥याएको योगदानलाई कदर गर्दै आदीबासी जनजाती महासंघ तनहुँले सम्मान गरेको हो ।
यस्तै महतलाई तनहुँकै भानु नगरपालिका २ चाम्बासमा आयोजना भै रहेको चाम्बास महोत्सवमा समेत सम्मान गरिएको थियो भने तनहुँ कलाकार संघले आयोजना गरेको तनहुँ लोक आवाज २०७४ को अवसरमा समेत एक भब्य कार्यक्रमको आयोजना गरि महतलाई सम्मान गरिएको थियो ।
यस्तै पोखराका अधिकाँश कार्यक्रममा आफुलाई सम्मान गरिएको बताउदै यस्ता सम्मानले आफु जहाँ रहे पनि नेपाली लोक संस्कृतीमा लाग्न मद्धत पुग्ने गरेको बताए ।
केही समय अघि नेपाल आएका महतलाई बन्दिपुरमा समेत एक कार्यक्रमका विचमा सम्मान गरिएको थियो । साथै महतले पछिल्लो समयमा नयाँ स्रस्टाहरु सँग समेत सहकार्य गर्न पाएकोमा खुशी लाग्ने भन्दै लोक संस्कृतीलाई जगेर्ना गर्न आफु निरन्तर रुपमा लागी रहने बताए ।
अमेरिकाका लागी नेपालका महाबाणिज्य दुत समेत रहेका महत केही दिन पश्चात अमेरिका फर्कने छन् । उनको सिम सिमे पानीमा, बाँझोखेतमा, पानको पात, ओरालीमा को झर्याे सुस्तै, सालको पातैले, हे नानी गाजले, हिउँचुलीमा हिउँ लगायतका दजनौ गितहरुका चर्चित रहेका छन् ।