LOCAL

शुक्लागण्डकीमा भोलीबाट सुरु हुने जेसीज सप्ताहन्तको ७ कार्यक्रम सार्वजनिक

शुक्लागण्डकी जेसिस वर्ष २०१७ ले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर जेसीज सप्ताहन्त कार्यक्रम मनाउने भएको छ ।

सामाजिक क्रियालकलाप मार्फत ब्यत्तित्व विकासमा अग्रसर रहेको यस संस्थाले वर्षेनी सामाजिक कार्यक्रमहरुको आयोजना गरेर सप्ताहन्त कार्यक्रम गर्ने परिपाटीलाई निरन्तरता दिएको अध्यक्ष विनोद राउतले बताए ।

सकरात्मक परिवर्तनको लागी युवा भन्ने नाराको साथमा आयोजना गरिएको सप्ताहन्त कार्यक्रम यही कार्तिक ९ गते देखी ११ गतेसम्म आयोजना हुने र दिन दिने सप्ताहन्तमा सात कार्यक्रमहरु समाबेश हुने जनाइएको छ ।

शुक्लागण्डकी जेसीजले आयोजना गर्न लागेको सप्ताहन्त कार्यक्रम अन्तर्गत भोली जेसी शिव वि.क.को संयोजकत्वमा कार्यक्रम उद्घाटन हुने छ भने भोली विहिबार नै दुलेगौडाको यूनिक डिपार्टमेन्टल चोकमा रक्तदान कार्यक्रम सम्पन्न गर्ने आयोजकले जनाएको छ । यस्तै १० गते शुक्रबार शुक्लागण्डकी नगरपालिकाको जिपि कोईराला राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्रमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्ने र पञ्चमूनी माध्यामिक विद्यालयमा विद्यार्थीहरु विचको बक्तृत्वकला प्रतियोगीता सम्पन्न हुनेछ ।

११ गते शनिबार शुनपा ९ मा रहेको हिमाली आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने र जेसी सुमन तिम्सिनाको संयोजकत्वमा सप्ताहन्तको समापन गर्ने शुक्लागण्डकी जेसीजले जनाएको छ ।

Facebook Comments
Show More
Loading...
Close