LOCAL

होमस्टेको रुपमा विकास गरिदै कालिमर्याङ्

कार्तिक १, दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका वडा नं. ३ मा अवस्थित कालिमर्याङ्लाई होम स्टेको गाउँको रुपमा विकास गरिने भएको छ । यस क्षेत्रको प्रवद्धनको लागि विभिन्न कार्यक्रम भइरहेको वडाध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिए । कालिमर्याङ् दुलेगौडाको वनकेवाचोक हुदै पूर्वतर्फ करिव ७ किलोमिटर पर पर्दछ । सो गाउँलाई होम स्टेको रुपमा अगाडी बढाउन यस क्षेत्रको सम्भावना र समुदायले गर्न सक्ने प्रयासकावारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भइरहेका छन् ।

मगर समुदायको बाहुल्यता रहेको होमस्टेको रुपमा विकास गरिदै शुक्लागण्डकीको कालिमर्याङ् को प्रचार प्रसार गर्न सके राम्रो सम्भावना रहेको श्रेष्ठले बताए ।

शनिवार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइलीले यस क्षेत्रमा रहेका वन सम्पदा र उत्पादनबाट फाइदा लिन आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षण गर्नुपर्ने बताइएन । उनले भनिन, ‘यहि उत्पादन हुने चिजहरु खुवाएर पाहुनाहरुलाई स्वागत गर्नुपछ, हिजोआज बजारबाट तरकारी किनेर गाउँमा पकाउने चलन छ, यसलाई निरुत्साहित गर्नुस, प्रवद्धनका लागि नगरपालिका सहयोग गर्न तयार छ ।’ वडासम्म सडकको लागि बजेट पनि विनियोजन भइसकेको छ, सामान्य पूर्वाधार गाउँमा तयार गरि होमस्टेको रुपमा विकास गर्नुपर्छ, उनले भनिन् ।

होमस्टेपछि यस क्षेत्रमा मगर सँस्कृतिको विकास र प्रचारमा समेत टेवा पुग्ने शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का अध्यक्ष दिर्घ बहादुर थापाले विश्वास व्यक्त गरे । स्थानीय रुपमा उत्पादित खाना पनि कालीम¥याङको अर्को विशेषता हो । कालीम¥याङ आमा समुहकी अध्यक्ष सिता सुनारले घरायसी वातावरणमा बारा, सेलरोटी, भट्ट, गुन्द्रुकको परिकार, निउरो, गिट्ठा लगायतका परिकारले पाउनालाई स्वागत गर्ने गरेको जानकारी दिए ।

स्थानीय उत्पादनबाट बढी लाभ लिन र पर्यटकहरूलाई नेपालको मौलिक संस्कृति चिनाउन सकिने भएकाले होमस्टेको विशेष महत्व छ । जाल्पा बराह आमा समुहकी सचिव नेत्रमाया राना थापा मगरले सँस्कृतिलाई निरन्तरता दिनको लागि पनि होमस्टेको आवश्यकतामा जोड दिइन् । स्थानीयहरुको होमस्टेको चाहानालाई पुरा गर्न लागेका वडा अध्यक्ष श्रेष्ठले गाउँमा काम हुन थालेपछि सहयोग दाता पनि सहयोग गर्न तयार भएको जानकारी दिए । उनका अनुसार सो गाउँमा होमस्टेको विकासको लागि पोखरा–१ निवासी तेज बहादुर गुरुङले एक लाख रुपैया सहयोग गरेका छन् ।

Facebook Comments
Show More
Loading...
Close