LOCAL
शुक्लागण्डकी नागरिक समाजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

असोज ३१, तनहुँ । शुक्लागण्डकी नागरिक समाजले दिपावली, छठ तथा नेपाल सम्वत ११३८ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । आफ्नै कार्यलयमा यहाँ राजनितिज्ञ, जनप्रतिनिधि तथा स्थानियहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा अधिकांशले नागरिक समाजको आवश्यकता बढेको बताएका थिए ।
स्थानिय तहको निर्माण भए पछि पनि यहाँका स्थानिय र नागरिकको समस्या समाधानमा नगरपालिकाले कुनै पनि चासो नदिएको भन्दै नागरिक समाजले अव नागरिकको समस्या प्रति ध्यान पु¥याउनु पर्नेमा जोड दिए । नागरिकहरुले स्थानिय तह भए पछि विकास निर्माणको कार्य सुस्त हुनका साथै नगरपालिकाको गतिविधिको बारेमा जनता बेखवर भएको गुनासो गरेको थिए ।
शुभकामना ब्यक्त गर्दै जिल्ला समन्वय समितीकी सदस्य सरस्वती गौमतले नगरपालिकाले नागरिकको मुख्य पर्वहरुको अगाडी नै बजार अनुगमन नगर्दा नागरिकहरुले अखाद्य बस्तु खान बाध्य भएको बताईन उनले बजारमा विक्रीका लागी राखिने बस्तुहरु अब्यवस्थीत रुपमा राखिदा नागरिको स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न हुने समेत जानकारी दिइन् ।
शुभकामना आदान प्रदान कार्यक्रममा शुक्लागण्की नगरपालिका वडा न ५ का वडाध्यक्ष दिर्घ बहादुर थापाले नगरपालिकामा कार्यपालिकाको बैठकबाट पारित भएको कुनै पनि निर्णयहरु कार्यन्वय नहुने गरेको खुलासा गरे । उनले जनताको समस्या समाधानको लागी भएको निर्णयहरु कार्यन्वयन नहुदाँ बैठकमा जान समेत मन नलाग्ने गुनासो गरे ।
यता राष्ट्रिय मेलमिलाप आयोग नेपालका केन्द्रिय सदस्य तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गा ब महतले नगरपालिकामा लागुपदार्थ दुब्र्यसनि तथा नदी जन्य बस्तुहरुको दोहोन भैरहदा समेत नगरपालिको ध्यान जान नसकेको बताए ।
कार्यक्रममा पत्रकार अशोक विश्वकर्माले नगरपालिकाले आफ्नो गतिविधिहरुको बारेमा नगरपालिको सञ्चार माध्याम सँग समेत समन्वय नगरेको जानकारी दिए । उनले नगर प्रमुखले छाडा पशु चौपायाहरुको ब्यवस्थापन तथा आफ्नो सय दिनको कार्यक्रमहरुको बारेमा जानकारी दिने भन्दै पटक पटक झूट बोलेको समेत बताए ।
कार्यक्रममा बक्ताहरुको गुनासो सुनी सके पछि नागरिक समाजका अध्यक्ष खेमराज खनालले समेत नगरपालिकामा जनताको समस्याहरु समेटिएको ज्ञापन पत्र बुझाउदाँ समेत नगरपालिकाले कुनै वास्ता नगरेको गुनासो गरे । उनले आफुहरुले नगरपालिकालाई समृद्ध बनाउनको लागी आफुले सुझाब दिने भने नगर भित्र भए नभएको विकृती र विसंगति विरुद्ध जानकारी दिने मात्र भएको बताउदै अन्यथा नागरिकको समस्याहरुको सुनुवाई नभएका जनताको बल प्रयोग गर्ने अधिकार आफुहरुमा रहेको दावी गरे ।
कार्यक्रममा नागरिक समाजका अधिकाँश सदस्यहरुका साथै यहाँ प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिती रहेको थियो । समाजका सचिव बाबुराम बस्नेतले सञ्चालन गरेको कार्यक्रममा समाजका पूर्व सदस्य बालकृष्ण पौडेलले धन्यवाद ब्यक्त गरेका थिए ।