खैरेनीटार महिला विकास सहकारीको १५ औँ बार्षिक साधारण सभा तथा सातौँ अधिबेशन सम्पन्न
Tanahun Khabar DailyLOCAL
सिर्जना राना आश्विन २६/दुलेगौडा
खैरेनीटार महिला विकास बहु उदेश्यीय सहकारी संस्था लि को १५ औ बार्षिक साधारण सभा तथा सातौँ अबिधेशन विहिबार सम्पन्न भएको छ ।
अध्यक्ष मंगला रानाको अध्यक्षतामा सम्पन्न भएको अधिबेशन मार्फत आगामी ३ बर्षे कार्यकालका लागी सुर्यकला ढकालको नेतृत्वमा ११ सदस्यिय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बिनिता श्रेष्ठ, सचिवमा बिन्दु तिम्सिना, सहसचिवमा शुसिला कुमाल र कोषाध्यक्षमा शुसिला गुरुङ चुनिए । सदस्यहरुमा देवी कुमारी नेपाली, बिमला पौडेल, पुष्पा ढकाल, लालुमाया ढुंगाना, आइतमाया थापा, र कमला कोईरला रहेका छन् ।
साधारण सभालाई सम्वोधन गर्दै शुक्लागण्डकी नगर पालिकाकी उप प्रमुख सविता रसाइलीले सहकारीको माध्याम बाट ग्रामिण क्षेत्रको विकास हुनु पर्नेमा जोड दिइन् । रसाइलीले गाउँका जमिनलाई बाँझो राखेर बजार तर्फ बसाई सर्नेको संख्या दिन प्रतिदिन बृद्धी भएको जानकारी दिदै गाउँ गाउँमा उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु पर्ने बताइन् । साथै उनले महिलाहरुको नेतृत्वमा सञ्चालित सहरकारीले गरेको प्रगति नै समाजमा महिलाहरुको कार्यक्षमता अब्बल भएको प्रमाणित गर्ने उदाहरण भएको दावि गरिन् ।
सहकारीले गत आर्थिक वर्षमा मात्र १ करोड ४९ लाख भन्दा बढी नाफा कमाउन सफल भएको छ । सहकारीले आफ्नो शेयर सदस्यहरुलाई ब्यवसायीक कृषि क्षेत्रमा लाग्न रकम लगानी गर्दै आएको छ ।
कार्यक्रममा शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले यस क्षेत्रको एक समृद्ध सहकारीले लगानी गर्दा चुनौतीलाई ख्याल गरि ऋण प्रदान गर्नुपर्ने बताए ।
यस्तै शुक्लागण्डकी नगरपालिकाका वडा न ६ र ७ का वडाध्यक्ष राम बहादुर क्षेत्री थापा एवं कृष्णबहादुर पौडेल, नव यूनाटेड युथ क्लवका अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, खैरेनीटार बजार ईकाईका उप—सभापति बर्म कुमार श्रेष्ठ लगायतले सहकारीले यस क्षेत्रको विकासमा महत्व पूर्ण भूमिका खेलेको बताएका थिए ।
उक्त अवसरमा सहकारीले स्थानिय तहको निर्वाचन मार्फत विभिन्न पदमा निर्वाचित हुन सफल आफ्ना सदस्यहरुलाई सम्मान गरेको थियो । साथै कार्यक्रममा सहकारीकी कर्मचारी विष्णु पराजुलीलाई सम्मान सहित विदाई गरिएको थियो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष लिला अधिकारले तथा धन्यवाद निवर्तमान अध्यक्ष बसन्ता श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव विनिता श्रेष्ठले गरेकी थिइन् ।