मिलेनियम ट्रेक ब्यवस्थापनको लागी अन्तरक्रिया सम्पन्न

Tanahun Khabar Daily

NEWS

असोज २७/तनहुँ

दुलेगौडामा बुधबार मिलेनियम ट्रेकिङ्ग ब्यवस्थापन समितिले यहाँ स्थानियहरु सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मिलेनियम पदमार्ग पर्यटन विकास गुरुयोजनाको रणनितिक कार्यक्रमको बारेमा आयोजना गरिएको कार्यक्रममा समितिले पदमार्गबाट लाभान्वित हुने ब्यक्तिहरुको महत्व पूर्ण सुझाव संकलन गरिएको थियो ।
सुझाव संकलनको लागी विज्ञ सहित आएको ब्यवस्थापन समितीको टोलीले गुरुयोजनालाई प्रभावकारी बनाउने उदेश्य सहित शुक्लागण्डकी नगरपालिका, स्याङ्जाको वालिङ्ग, भिरकोट र पुतलीबजार नगरपालिकाको विभिन्न स्थानहरुका कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा उपस्थित भएका ब्यक्तिहरुले पदमार्गलाई ब्यवस्थीत बनाउको लागी पर्यटकहरुलाई सुविधान हुने गरि संरचनाहरु तयार पार्नु पर्नेमा जोड दिएका थिए ।
नेपालकै मध्य पहाडी क्षेत्र मध्येको उत्कृष्ट सम्भावना बोकेको यो पदमार्गमा नेपालका प्राकृतिक धार्मिक, पर्यटकिय र साँस्कृतीक महत्वका स्थानहरुले प्रचुर सम्भावना बोकेको बताए ।
कार्यक्रममा भूगर्वविद् प्रा. डा. कृष्ण केसीले मध्ये पहाड(मिडहिल) अनुकुल भएकाले मिलेनियम ट्रेकको सम्भावना राम्रो भएको जानकारी दिदै यो पदमार्गलाई ब्यवस्थापन गर्दै ब्यवसायीक बनाउको लागी स्थनिय तहहरुले चासो देखाउनु पर्ने बताए ।
कार्यक्रममा उप प्रा. श्रीकान्त खतिवडाले यस पदमार्गको सम्भावना चुनौती, उदेश्य, अहिले भएको कार्यहरु र पदमार्गको अवश्थाको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा उपस्थित भएको दुलेगौडा, ढोरफिर्दी, काल्खु, लामागाँउ, साँखे लगायतका स्थानियहरु आफ्नो ठाउँमा रहेको पर्यटकिय सम्भावना युक्त स्थानहरुको बारेमा जानकारी दिएका थिए भने स्थानियहरुले मिलेनियम ट्रेकमा लामागाउँको धारापानीमा रहेको लहरी छुटने कुवा, गुर्धुममा रहेको ऐतिहासिक स्थल लगायतलाई समेट्न आग्रह गरेका थिए । उक्त अवसरमा एक पद—प्रदर्शकले यो मार्गमा विश्वकै दुर्लभ चराहरुको देखी करिव सयौ प्रजातीको चराहरु पाइने गरेको जानकारी दिए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी उप प्रमुख सविता रसाइलीले ग्रामिण क्षेत्रको विकासको लागी युवा पुस्ताहरुको संख्या न्यून भएकाले चुनौती रहेको बताउदै मिलेनियम पदमार्गको विकासको लागी नगरपालिकाले सहयोग गर्ने जानकारी दिइन् ।
कार्यक्रममा पर्यटन ब्यवसायी, ब्यवश्थापन समितिका सदस्यहरु देखी यहाँका उद्योगी, ब्यवसायी र पत्रकारहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।