ENTERTAINMENT
भिमादमा हुने लाईभ कन्सर्ट प्रति युवा पुस्ता उत्साहित

असोज २७/भीमाद
शुभ दिपावलीको अवसरमा ब्यास इन्टरटेनमेन्टले गर्न लागेको लाइभ कन्सर्ट प्रति युवा पुस्ता र उमेर ३० काटेका हरु उत्साहित भएका छन् । ऐतिहासिक रुपमा भिमाद बजारमा आयोजना गर्न लागिएको कन्सर्टमा नेपालकै यही कार्तिक १ गते चर्चित कन्दरा ब्याण्ड संगै पछिल्लो समयमा चर्चित टेलिभिजन सो नेपाल आइडलकी केन्जल मेहर श्रेष्ठ, सुनिल गिरी र छेवाङ लामा आउने भए पछि दर्शकहरु उत्साहित भएको पाईएको कार्यक्रम संयोजक गणेश सुबेदीले बताए ।
सुवेदीले कन्दरा ब्याण्ड केही समय पहिले देखी नै चर्चित भएकाले ३० वर्ष उमेर काटेको समुह उत्साहित भएको र अहिलेका चर्चित श्रेष्ठ, लामा र गिरीका कारण युवायुवती उत्साहित भएको हुन सक्ने बताए ।
सामाजिक क्रियाकलापहरुको अघि बढ्दै गरेको ब्यासले भिमादको प्रचार प्रसारको लागी समेत कन्सर्ट आयोजना गरेको जनाएको छ ।
कन्सर्टको सहयोगी संस्थाको रुपमा युथ क्लब अफ भिमाद, नेप्जिल अमेरिकन कन्भेन्सन, जगननाथ कपडा पसल, गुनी एण्ड सन्स भिमाद रहेको छ । यस्तै भिमाद ड्राइभिङ एण्ड प्रि टेस्ट सेन्टर, होटल सनराइज भिमाद र इन्जो मिडिया काठमाडौं पनि सहयोगी संस्था हुन् ।
