ENTERTAINMENT
आयो जिद्धी गर्नेहरुका लागी बनेको गीत

आफ्ना उत्कृस्ट प्रस्तुतीहरु पस्किने क्रममा थ्री स्टार मिडियाले फेरी पनि अर्को उत्तिकै आशा लाग्दो गीत बजारमा भित्राएको छ । शान्ति अधिकारीको प्रस्तुती रहेको जिद्धी एल्बम आजबाट युटुब मार्फत डिजिटल बजारमा भित्रिएको हो ।
गीतमा शान्ति अधिकारी र किसान नेपालीको आवाज पाउन सकिन्छ भने किसान नेपालीको शब्द तथा लय सृजना रहेको छ । घर बिर्सेकै हौ र, तिमीले जे भनेनी मान्छु, शंकाको घैलो लगायतका गीतहरु बाट गायकको रुपमा चर्चा बटुलेका किसान नेपाली यस गीतबाट शब्द तथा लय सर्जकको रुपमा पनि चिनिँदै छन् ।
गीतमा मायाँ प्रेममा बाँधिएका जोडिहरु बिच कुराहरु बाँझिदा, जिद्धी गरेर रिसाएको अवस्थामा फकाइएका शब्दहरु बोलिएको छ ।
आफ्नो पहिलो सांगीतिक प्रस्तुती बजारमा भित्रिँदा खेरी हर्षित मुद्रामा देखिएकी शान्ति भन्छिन – पहिलो गीत नै अति आश लाग्दो बनेको छ, भाबी दिनहरुमा अझै यस्तै उत्कृष्ट प्रस्तुतिहरु पस्किँदै जाने जमर्कोमा जुटिरहेकी छु ।
यता किसान नेपाली पनि गीतमा सफलताको आशा गर्दै गीत सोचेभन्दा राम्रो बनेको र अडियो भिडियोमा नै राम्रो मेहेनत गरेको बताएका छन् । टि.एन.सी. र दिपिकाको अभिनय रहेको गीतको निर्देशन समिर ठोक्करले गरेका छन् भने छायांकन रेशम दर्लामीलेगरेका छन् । प्रदिप दाहालले सम्पादन गरेको गीत को ब्यबस्थापान थ्री स्टार मिडियाले गरेको छ ।
पोखराका बिभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको गीतले धेरै स्रोता तथा दर्शकको मन जित्ने गीतका मोडल टेक नारायण चापागाईँको अपेक्षा रहेको छ । यस्तै यता आँफु पहिलो पटक मोडलिङ गर्दा आँफुलाई एकदमै सहज भएको र राम्रो गीत आँफुले पाएको बताउँछिन गीतकी मोडल दीपिका हेनरी ।
