सुरौदी खोलामा माछा मार्ने ६ जना पक्राउ
Tanahun Khabar DailyNEWS
असोज २२, तनहुँ । शुक्लागण्डकीको कुर्लिङघाट स्थित सुरौदी खोलामा नियमविपरित माहाजालमार्फत माछा मार्ने ६ जनालाई स्थानीयले पक्राउ गरि प्रहरीको जिम्मा लगाएका छन् ।
एक वर्षअघि देखि करेण्ट, विष र महाजालमार्फत माछा मार्न निषेध गरिएको सो खोलामा आइतवार उनीहरुलाई माछा मार्दै गरेको सुरौधी जलाधार संरक्षण समितिका सदस्यले देखेपछि नमार्न सुझाव दिइएको थियो । सम्झाउने क्रममा समितिका प्रतिनधीसँग अपशब्द बोलेपछि उनीहरुलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय बेलचौताराको जिम्मा लगाइएको बताइएको छ ।
सो खोलामा माछा मार्न निशेष गरिएपछि माछाको संख्या बढेको शुक्लागण्डकी नगरपालिका वडा नं. १२ का अध्यक्ष मनराज गुरुङले जानकारी दिए। सुरौधी जलाधार संरक्षण समितिले विभिन्न समयमा छड्के रुपमा खोलामा अनुगमन गर्दै आएको छ ।
माछा संरुक्षण लागी आफुहरुले चालेको कदममा समेत साथ दिन वडाध्यक्ष गुरुङ्गले आग्रह गरे ।
यता इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख राजेन्द्र अधिकारीले भने पक्राउ गरिएका सवैलाई आगामी दिनमा गल्ती नदोहो¥याउने सर्त छाडिएको जानकारी दिएका छन् ।