LOCAL

तनहुँमा अत्याधिक मदिरा सेवनका कारण एकको मृत्यु

 

किरण श्रेष्ठ /तनहुँ २३ असोज

अत्याधिक मदिरा सेवनका कारण आइतबार तनहुँमा एक व्यक्तिको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा साविक गाइखुर ३ गोरखा निवासी ५० वर्षीय किसान नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विगत १० वर्गा देखि तनहुँको कमलवारी क्षेत्र स्थित हिमालयन टुरिष्ट किचन होटलमा काम गर्दै आएका नेपाली चार पाँच दिन अघि कोठाबाट बाहिर निस्केका थिए । व्यास नगरपालिका वडा नं १२ सेरा स्थित धान खेतमा छट्पटाईरहेको स्थानीयबासीले देखेपछि प्रहरीमा खवर गरेका थिए ।

 घट्नास्थमा प्रहरी टोली पुग्दा नेपाली मृत अवस्थमा भेटिएको तनहुँका डिएसपी एवं सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

Facebook Comments
Show More
Loading...
Close