तनहुँमा माइक्रो दुर्घटना हुँदा १ जना घाइते
Tanahun Khabar DailyLOCAL
किरण श्रेष्ठ/ दमौली, २३ असोज
काठमाडौ बाट पाेखरा जादै गरेकाे ग १ ख ५००१ नम्बरको माइक्रोबस तनहुँकाे व्यास नगरपालिका वडा नम्बर १ तालघरेमा दुर्घटना भएको छ ।
दुर्घटनामा परी १ जना यात्रु घाइते भएको छन। माइक्रोमा सवार घाइते यात्रुको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
माइक्रो एक्कासि अनियन्त्रित हुँदा सो दुर्घटना भएको प्रहरी जनाएको छ ।
तस्वीरः मदन तिमील्सेना