गेट निर्माण नगरपालिकाको निर्णय, स्थानियहरुको आपत्ती

Tanahun Khabar Daily

LOCAL

आश्विन २०/दुलेगौडा
शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा र ढोरफिर्दी क्षेत्रलाई जोड्ने पक्की मोटरेवल पुल तर्फ जाने सडकमा ठुला सवारी साधनहरुको आवात जावतलाई रोक्ने गरि निर्माण गरिएको गेटलाई लिएर यहाँका स्थानियहरु आका्रेशित भएका छन् ।
यही मार्ग हुदै दैनिक सयौँको संख्यामा सवारी साधनहरु हिड्ने गर्दा यहाँ स्थित दुलेगौडाको भित्रि बजार र हेल्थपोष्ट चोक ब्यापारीक केन्द्रको रुपमा विकसित हुदै गएको र नगरपालिकाले यहाँको विकासलाई पछि पार्ने उदेश्यले गेट निर्माण गरेको यहाँका स्थानियहरुको आरोप रहेको छ ।
कच्ची सडक हुदाँ वषौँ सम्म सवारी चल्ले गरेको र सडकमा पिच गरेको केही महिना नहुदै ठुला सवारीहरुलाई प्रबेश गर्न नदिनु उचित नभएको यहाँका ब्यापारीहरुले गुनासो गरेका छन् ।
यता शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ्गले भने नगरबासीहरुको मागकै आधारमा ठुला सवारी साधनलाई प्रबेश गर्न नदिने निर्णय गरिएको दावि गरेको छन् । गुरुङ्गले उक्त सडकको अवस्था कमजोर भएको तथा ठुला सवारीहरुको आवातजावत हुदाँ सडक छेउ र दुलेगौडाको पछाडी भागमा बस्ने नगरबासीहरुको आवासमा कम्पन पुग्ने समस्या भएकाले यो निर्णय गरिएको जनाए । साथै उनले केही पहिले निर्माण गरिएको गेट प्राविधिक कमजोरीका कारण पुरा नभएको र केही समय पछि नगरपालिकाको निर्णय अनुसार नै गेट निर्माण गरिने दावि गरे ।
नगरपालिकाको निर्णय अनुसार उक्त सडकमा विद्यालयहरुका सवारी र जिपलाई मात्र प्रवेश गर्न दिने निर्णय भएको छ । गेट निर्माण सँगै बिहान र बेलुवा सवारीको चाप सँगै दुर्घटना र सवारी जाम हुने गरेको पाइएको छ ।