ग्यास बुलेट सरकारको प्राथमिकताबाट हट्दै

Ramsharan

BUSINESS

भाद्र २६, २०७४-नेपाली ग्यास बुलेट भित्र्याउने विषयमा सरकार एकाएक उदासीन देखिन थालेको छ । भारतले ‘बिस्फोटक लाइसेन्स’ का कारण अलपत्र परेका नेपाली बुलेट ल्याउनेबारे प्रधानमन्त्री अध्यक्ष रहने योजना आयोगको पूर्ण बैठकको एजेन्डामा समेत राखिएन ।

‘योजना आयोगको ४/४ महिनामा हुने बैठकमा आपूर्तिबाट मुख्य एजेन्डाका रूपमा ग्यास बुलेट पठाएका थियौं,’ शुक्रबार संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिमा आपूर्ति सहसचिव मुकुन्द पौड्यालले भने, ‘तर, आयोगबाट प्रधानमन्त्री भखर्रे भ्रमणाबाट फर्केकाले एजेन्डामा राखेर समाधान हुन सक्दैन । बैठकमा नआए पनि हुन्छ भनेर जवाफ पायौं ।’