‘ट्वाइलेट’ हिरोइन भन्छिन्-‘बिहे अगाडिको सम्बन्ध ठूलो कुरा होइन’
RamsharanENTERTAINMENT
चलचित्र ‘ट्वाइटेल एक प्रेमकथा’को सफलताले बलिउड नायिका भूमि पेडकरलाइ एउटा उचाइमा पुर्याइदिएको छ । बलिउडमा अभिनयकै कारण उनको चर्चा हुन थालेको छ ।
उनै, भूमिले भारतको मध्य प्रदेशको राजधानी भोपाल पुगेर बिहे अगाडिको सेक्स सम्बन्धको बारेमा कुरा गरेकी छिन् । उनले भनिन्-‘आज हरेक मानिस बन्द कोठामा यो सम्बन्ध राख्छन् । यो ठूलो कुरा नै होइन ।’ उनले बिहे अगाडिको सेक्सको सम्बन्धमा मानिसमा भ्रम धेरै रहेको समेत स्पष्ट पारेकी छिन् ।
उनले भनिन्-‘आजका यूवायूवतीमा यदि करिअर बाहेक अन्य कुनै बिषयमा चिन्ता हुन्छ भने त्यो सम्बन्धको हो ।’ उनले भनिन्-‘आजका यूवायूवती आफ्नो चिन्ता बलिउड चलचित्रको माध्यमबाट समाधान गर्न चाहन्छन् । कोही आफ्ना मनपर्ने कलाकारबाट पनि सिक्छन् ।’
उनलाइ मिडियाले सेक्स विना मानिस रहन सक्छ भनेर प्रश्न गरेका थिए । जसमा उनले भनिन्-‘सेक्स शब्दलाइ मानिसले नकारात्मक रुपमा लिने गर्छन् । सधै यूवतीहरुलाइ केटासँग डर मान्न भनिन्छ । केटाकेटी साथी बन्न सक्दैनन् भनेर सिकाइन्छ । तर, यो गलत हो ।’उनले भारत बदलिरहेको बताउँदै सेक्स शिक्षा आवश्यक रहेको समेत स्पष्ट पारेकी छिन् ।